काठमाडौ l सेयर कारोवार रकम बढेको छ । यो साता एक दिन सार्वजनिक बिदा परेका कारण नेप्से चार दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पनि तेस्रो दिन नेप्से घटेको थियो भने बाँकी तीन दिन नेप्से बढेको थियो । जसअनुसार यो साता नेप्से तीन हजार चार दसमलव ३१ अंंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ६२ दसमलव २४ अंकमा पुगेको छ ।
दुई सय २२ वटा कम्पनीहरुको यो साता चार लाख २३ हजार तीन सय ३१ पटकको कारोवारमा १५ करोड ४० लाख छ हजार सात सय दुई कित्ता सेयर किन बेच भएका छन भने कुल सेयर कारोवार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार नौ सय ८५ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा बढी हो । नेप्सेमा गत साता भने दुई सय २९ वटा कम्पनीहरुको तीन लाख ५२ हजार दुई सय ४३ पटकको कारोवारमा १७ करोड ३१ लाख ९६ हजार नौ सय ८२ कित्ता सेयर किनबेच भएका थिए भने कुल सेयर कारोवार रकम ३७ अर्ब ३८ करोड ५९ लाख ५५ हजार सात सय ५४ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्से पहिलो दिन नेप्से ९७ दसमलव २१ अंकले बढेर २९ सय ८० दसमलव ६१ अंकमा पुग्दा सेन्सिटिभ पनि १९ दसमलव ५५ अंकले बढेर पाँच सय ६० दसमलव ९६ अंकमा चढेकोे थियो । दोस्रो दिन पनि नेप्से १३ दसमलव ९७ अंकले बढेर दुई हजार नौ सय ५४ दसमलव ५८ अंकमा चढेकोमा सेन्सिटि भने शुन्य दसमलव शुन्य दुई अंकले घटेर पाँच सय ६० दसमलव ९४ अंकमा झरेको थियो । तेस्रो दिन भने नेप्से नौ दसमलव एक अंकले घटेर दुई हजार नौ सय ८५ दसमलव ५७ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुई दसमलव ८२ अंंकले घटेर पाँच सय ५८ दसमलव ११ अंकमा झरेको थियो । चौथो कारोवार दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो । पाँचौं दिन भने नेप्से १८ दसमलव ७५ अंकले बढेर तीन हजार चार दसमलव ३१ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव छ अंकले बढेर पाँच सय ६२ दसमलव २४ अंकमा चढेको थियो ।
बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा यो साता नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन । कारोवार भएको सेयर संख्याको आधारमा भने यो साता नेशनल हाईड्रो पावर कम्पनी हिमाल दोलखा हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि अगाडि परेकाछन । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेकाछन । यो साता हिमालयन जनरल इन्स्योरेन्स र नेपाल एग्रो लघुुबित्त बित्तीय संस्थाको बोनस सेयर सुचीकृत भएकाछन ।