आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तास खेलिरहेको अवस्थामा २० जना पक्राउ 

बिहिबार, साउन ७ २०७८

काठमाडौं महानरगपालिका–११ भोटेबहाल बस्ने ५० वर्षीय दिनेश कुमार शेरचनको घरमा तास खेलिरहेको अवस्थामा  दिनेश कुमार लगायत  ६ जना पुरुष र ६ जना महिला गरी जम्मा १२ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ९१ हजार ४ सय रुपैयाँ, २१ सेट तास, ४५ वटा क्वाईन र ३ लाख ७० हजार रुपैयाँको बिभिन्न बैंकका ५ वटा चेक सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका–१६ नयाँबजार नयाँपुल चोकस्थित महमद नुर हुसेनको टहरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने भारत घर भएका २४ वर्षीय महमद सुलेमान लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २५ हजार ७ सय ९० रुपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।