काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना सर्वोत्कृष्ण प्रहरी छनोट गरी पुरस्कृत गर्दछ, यसै क्रमा असार महिनाको कामको मूल्यांकनको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी नायव उपरीक्षक हरि खतिवडा सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा खतिवडालाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
असार महिनाको विभिन्न मितिमा गरी ११ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको, लागु औषधसहित मानिस पक्राउ गरेको, कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेकाले उनलाई २०७८ साल असार महिनाको सर्वोत्कृष्ट घोषणा गरेको छ ।
उनले बि.पी. राजमार्गको लासकोट र माम्ती खोलामा आएको बाढी तथा पहिरोको कारण अवरुद्ध सडक सुचारु गर्नुका साथै नवजात शिशुको र आमाको जिवितै उद्धार गरेका थिए l