आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु  

मंगलबार, साउन ५ २०७८

काठमाडौं स्वयम्भु बस्ने दोलखा कुन्जल गाउँपालिका–४ घर भएका निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको छ । 
कीर्तिपुर नगरपालिका–१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदासको खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।