झापा । आफ्नै श्रीमती ३४ वर्षीया संगिता टुडुको हत्या गरी फरार रहेको अभियोगमा गौरादह नगरपालिका–१ सितल चोक बस्ने मोरङ रंगेली नगरपालिका–९ सखुवाथान घर भएका ३९ वर्षीय सजिलाल रिख्यासनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सजिलालले संगितालाई गत असार ३१ गते बिहान सितल चोकस्थित खेत नजिकको टहरामा लगेर कुटपिट पछि हत्या गरेर फरार रहेकोमा ईलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको संयुक्त प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँगको समन्वयमा मोरङ रंगेली नगरपालिका–९ सखुवाथानमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।