आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पाँच केजी सात सय ग्राम लागूऔषध अफिम सहित पक्राउ

मंगलबार, साउन ५ २०७८

काठमाडौं । मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ संगमचोकबाट ५ केजी ७ सय ग्राम लागूऔषध अफिम सहित मकवानपुर बकैया गाउँपालिका–५ ठेगाना भएका ४३ वर्षीय रत्न भुलनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले भुलनलाई फेला पारी जाँच गर्दा झोला भित्र लुकाई बोकेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
भुलनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको उक्त ब्यूरोले जनाएको छ ।