बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एयर गन सहित एक जना पक्राउ

मंगलबार, साउन ५ २०७८

पर्सा । सखुवाप्रसौनी गाउँपालिका–५ महुवन बस्ने ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई १ थान एयर गन सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
रामबाबुले घरभित्र अवैध हतियार लुकाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले तलासी गर्दा उनी सुत्ने कोठाभित्र लुकाई राखेको उक्त गन फेला पारी पक्राउ गरेको हो । उनलाई हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।