काठमाडौं । चन्द्रागिरी नगरपालिका–११ सिप्रदीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुर, त्रियुगा नगरपालिका–३ लच्का नजिक त्रियुगा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । दोलखाको भिमेश्वर नगरपालिका–९ सुर्के बस्ने ६९ वर्षीय पदम बहादुर तामाङ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । मृतकको विभिन्न भागमा चोटपटक देखिएकोले जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी खरिढुङ्गाबाट खटिएको प्रहरीले ३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
काभ्रेको बनेपा नगरपालिका–६ उग्रेश्वर घाटस्थित पुण्यमाता खोलामा बनेपा नगरपालिका–१० बस्ने ३६ वर्षीय सत्यनारायण मान्नधर आइतबार मृत अवस्थामा फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ खिरी बस्ने ५४ वर्षीय डिल्लीराम घिमिरे आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित धिवा बस्ने मित भाइ ठग बहादुर राईको घर गई फर्केकोमा घर नआएपछि खोजी गर्ने कर्ममा सोही ठाउँस्थित पात्ले पाखा भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।