झापा । भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ५ लाख रुपैयाँ बराबरको कपडा मेचीनगर नगरपालिका–६ बाट शनिबार राति प्रहरीले बरामद गरेको छ ।
भन्सार छलि ल्याउँदै गरेको उक्त कपडा ईलाका प्रहरी कार्यालय कांकडभिट्टाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।