बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालमा आज कति संक्रमित थपिए कति निको भए ? मन्त्रालयले दियो यस्तो अपडेट

बुधबार, असार ३० २०७८

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार देशभर १८ जना संक्रमितको मृत्यु भएको छ भने १६ सय ६ संक्रमणमुक्त भएका छन्।

गत चौबीस घन्टामा ८ हजार १०८ पीसीआर तथा ४ हजार ९ सय १६ एन्टिजेन परीक्षण भएको छ।

हालसम्म ३७ लाख ३० हजार ३ सय ४४ डोज खोप प्रयोग भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसमध्ये २६ लाख २१ हजार ४ सय ७६ जनाले पहिलो मात्रा लगाएका छन् भने ११ लाख ८ हजार ८ सय ६८ जनाले दोस्रो मात्रा पनि लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।