बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रामोस पीएसजीको प्रशिक्षणमा सामेल

मंगलबार, असार २९ २०७८

काठमाडौँ । स्पेनिस डिफेन्डर सर्जियो रामोस पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा सामेल भएका छन् ।

पीएसजीले रामोस सोमबारबाट टिमको प्रशिक्षणमा सहभागी भएको जनाएको छ ।

रामोस पीएसजीको ट्रेनिङ सेन्टर क्याम्प डी लोगेस पुगेर टिमका अन्य सदस्यसँग परिचय गर्दै प्रशिक्षणमा सामेल भएका हुन् ।

पीएसजीले डिफेन्डर रामोससँग एक साता अघि सम्झौता गरेको थियो  ।

ramos.JPG

रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए । रामोसले पीएसजीमा ४ नम्बरको जर्सी लगाउने छन् ।

स्पेनिस सेन्टर ब्याक रामोसले जुनको अन्त्यसँगै रियल छाडेका थिए ।

३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष क्लबमा बिताएर रियल छाडेका हुन् । सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।

ramous5.JPG

रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् ।

रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।

ramous6.JPG

रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् । यस्तै कोपा डेल रे दुई पटक जितेका छन् ।

ramous.JPG

ramous1.JPG

ramous4.JPG

ramous2.JPG