आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सिआईबीद्धारा बैकिङ्ग कसूर मुद्दाका दुई फरार प्रतिवादीहरु पक्राउ

मंगलबार, असार २९ २०७८

काठमाडौं । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैकिङ्ग कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । आज मंगलबार बैंकिङ कसुर मुद्धामा फरार अभियुक्तहरु ४९ बर्षका गणेशमान श्रेष्ठ र ६३ बर्षका महेन्द्र प्रशाद मिश्रलाई पक्राउ गरिएको सिआईबीले जानकारी दिएको छ । 

सिआईबीका अनुसार पक्राउ परेका मध्ये ललितपुर जिल्ला महालक्ष्मीनगरपालिका वडा नं.४ घर भई काठमाडौं महानगरपालिका वडा नं.१० थापागाउँ बस्ने श्रेष्ठलाई ललितपुरको लामाटारबाट र काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.१९ ढोकाटोल घर भई ऐ.वडा नं.३१ शान्तिनगर बस्ने मिश्रलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो । सो मध्ये श्रेष्ठलाई बैंकिङ कसुरको अभियोमा १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना र मिश्रलाई सात दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना ठहर भएको सिआईबीले जनाएको छ ।

 सिआईबीकोा फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैकिङ्ग कसूर (चेक बाउन्स) मुद्दाहरुमा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ति प्रतिवादीहरुलाई बिभिन्न स्थानहरुबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं र ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ । प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी माछापुच्छ्रे र सेन्चुरी बैंकका बिभिन्न रकमका चेकहरु काटी दिई बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट बिभिन्न मितिमा निज प्रतिवादीहरुको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम निम्न उल्लेखित सजाय हुने गरी फैसला भएको सिआईबीले जनाएको छ ।