ललितपुर । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका–१ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई सोमाबर दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।