आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

२ सय ४७ केजी अवैध लागूऔषध गाँजा बरामद

मंगलबार, असार २९ २०७८

पर्सा । वीरगञ्ज महानगरपालिका–२५ आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट २ सय ४७ केजी अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । 
ठूलो परिमाणमा लागुऔषध गाँजा ट्रकमा हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रक रोक्न खोज्दा चालक ट्रक छोडेर फरार भएपछि २३ वटा पोकाभित्र रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । 
हाल फरार रहेका ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।