बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कटुवा पेस्तोल सहित पक्राउ 

सोमबार, असार २८ २०७८

सिरहा । गोलबजार नगरपालिका–४ बाट १ थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ३ राउण्ड गोली सहित औरही गाउँपालिका–२ बस्ने सुजित कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।