शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आइतवार लगानीकर्ता आकर्षण यी ५ कम्पनीको शेयरमा

आइतबार, असार २७ २०७८

काठमाडौं । आइतवार बजार खुलेको साढे २ घण्टामा नेशनल हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।

५ ओटा कम्पनी मध्ये सबैभन्दा बढी नेशनल हाइड्रोपावरसको ७ लाख ८० हजार १८४ कित्ता शेयरका लागि खरीद माग रहेको छ । कम्पनीको शेयरमूल्य रू. ३१५ मा कारोबार भइरहेको छ । 

त्यसैगरी, दोस्रोमा सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ योजनाको इकाइमा ७ लाख १७ हजार ४०० इकाई खरीद माग रहेको छ । यस कम्पनीको इकाई मूल्य यस समचार तयार पार्दासम्म रू. १३ दशमलव ८० मा कारोबार भइरहेको छ । 

त्यसैगरी तेस्रोमा एनआईबीएल प्रगति फण्डको ५ लाख २२ हजार २८ इकाई, चौंथोमा एनआईसी एशिया बैंकको ४ लाख ९७ हजार ४६ कित्ता र पाँचौमा सिद्धार्थ इक्बिटीको ४ लाख ५२ हजार ९५३ इकाईको लागि खरीद माग रहेको छ ।