आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मन्त्रिपरिषद्को निर्णय : सहकुल थापालाई एआइजीपीमा बढुवा

शुक्रबार, असार २५ २०७८

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यहि असार १४ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डीआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको गरेको थियो ।

केहि दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा एक एआईजीको दरबन्दी थप गरेको थियो । नेपाल प्रहरीमा अब एआईजीको संख्या पाँच हुने भएको छ ।