आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

बिहिबार, असार २४ २०७८

काठमाडौं । सुनसरीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गगरेको अभियोगमा मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने २१ वर्षीय दिलिप श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनसरी इटहरीकी ती किशोरीलाई आइतबार जबरजस्ती करणी गरी फरार रहेका श्रेष्ठको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनकै घर ठेगानामा लुकिछिपि बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । श्रेष्ठ उपर जवरजस्ती करणी सम्बन्धि मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
तेह्रथुममा पनि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–१ डङडगे बस्ने ५० वर्षीय साङगे शेर्पा (फुर्वा) लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती बालिकालाई सोमबार बारीमा घाँस काट्ने क्रममा ललाई फकाई खाना खान जाउ भनि घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।