आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

बिहिबार, असार २४ २०७८

कञ्चनपुर । सोह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४ बेलकन्डे बस्ने २५ वर्षीय चुन्नु राम चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।