आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ 

बुधबार, असार २३ २०७८

रुकुम (पूर्व) । पुथाउत्तरगंगा गाउँपालिका–४ घुन्मा बस्ने २९ वर्षीय लजिम बिकको कुटपिटबाट मंगलबार बिहान मृत्यु भएको छ । 
सोही ठाउँ बस्ने ४१ वर्षीय धर्मजित उनीबीच एक आपसमा झगडा हुँदा धर्मजितले कुटोले टाउकोमा प्रहार गर्दा लजिमको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय र न्मामैकोटबाट खटिएको प्रहरीले धर्मजितलाई नियन्त्रणमा लिएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।