बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सशस्त्रका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

मंगलबार, असार २२ २०७८

काठमाडौँ l गृह मन्त्रालयले सशस्त्र प्रहरीका एसएसपी  कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा  बसेको बढुवा समितीले बैठकले डीआईजी बढुवा सिफारिस गरेको हो । 

सशस्त्रमा डीआईजी हुनका लागि सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज गरेको हुनुपर्छ । धौबजी र न्यौपानेले सो तालिम गरेका छन् । 

बढुवा समितिको सिफारिस मन्त्रिपरिषदबाट स्विकृत हुनुपर्छ । डीआईजी बढुवाका लागी एसएसपीहरु कालिदास धौबजी, विदुर खड्का, कुमार न्यौपाने, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक प्रतिस्पर्धामा थिए ।