काठमाडौं । डेट एक्सपायर डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम निकाल्ने दुुई जना पक्राउ परेकाछन । पक्राउ पर्नेहरुमा सोलुखुम्वु घर भई भत्केको पुलमा कोठामा वस्ने वर्ष ५७ को जगत वहादुर गुरुङ र पर्सा घर भई भई भत्केको पुल वस्ने वर्ष ३० को सावित्री गुरुङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अनुसार पक्राउ परेका थि व्यक्तिहरुले सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटिम मेसिनबाट म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी पैसा निकालेको भन्ने सुचना प्राप्त भएकोमा उक्त सुचना पश्चात महानगरीय प्रहरी परिसर काठमाडौवाट विशेष टोली परिचालन गरी खोज तलास गर्दा ति व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

ति व्यक्तिहरुको साथबाट २१ लाख रुपैयाँ बरामद भएको जानकारी पनि प्रहरीले दिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार ति व्यक्तिहरुले लोयड्स भिस डेविट कार्ड लण्डन (अवधि सकिएको) भएको कार्डबाट चावहिल, कालोपुुल, हात्तिसार भाटभटेनीम रहेको एटिएमबाट ३४ लाख ३५ हजार निकालेको देखिएको छ । यसरी निकालेको रकम मध्ये १० लाख ५० हजार रुपैयाँ भने सहकारी संस्थामा राखिएको खुुलेको छ ।
