आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३१ जना पक्राउ 

आइतबार, असार २० २०७८

काठमाडौं । तारकेश्वर नगरपालिका–७ फुटुङ्ग स्थित लाल बहादुर ताङ्गको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त फर्ममा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले  उनीहरुलाई नगद ४४ हजार ८ सय ५५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं कै चन्द्रागिरी नगरपालिका–३ बस्ने कमल थापाको घरमा तास खेलिरहेको अवस्थामा  सोही नगरपालिका–१ दहचोक बस्ने ३६ वर्षीय किशोर बखती लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नगद ५० हजार ७० रुपैयाँ र ३ बुक तास सहित उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका–१५ बिजेश्वोरी स्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय कर्मा गुरुङ्ग लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २२ हजार १ सय ३० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी नवलपरासी (पूर्व), देवचुली नगरपालिका–१७ कुजौली बस्ने ३९ बर्षीय जीतलाल थनेतको खाजा घरमा तास खेलिरहेको अवस्थामा थनेत लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको खाजा घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक तास सहित  पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।