बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कप्तान लियोनल मेस्सी चम्कदा अर्जेन्टिना सेमिफाइनलमा

आइतबार, असार २० २०७८

काठमाडौँ। मेस्सी प्रेरित अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आईतबार बिहान अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डी पल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले समान एक एक गोल गरे ।

argentina 2.JPG

अर्जेन्टिनाले गरेको तीनै गोलमा मेस्सीको भूमिका रह्यो ।

मेस्सीको पासमा ४० औं मिनेटमा पलको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो । मार्टिनेजले ८४ औं मिनेटमा मेस्सीको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनालाई जिततर्फ डोर्याएका थिए ।

खेलको ईन्जुरी समयमा उत्कृष्ट फ्रिकिकमार्फत मेस्सीले अर्जेन्टिनालाई ३–० को जित दिलाए ।

अर्जेन्टिनाले फाईनल प्रवेशका लागि कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ ।

 

argentina 3.JPG

argentina 6.JPG

argentina 4.JPG

argentina.JPG

ar1.JPG