बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डिआईजी सहकुल थापा एआईजी बढुवाको लागि सिफारिस

मंगलबार, असार १५ २०७८

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि डिआइजी सहकुल थापा सिफारिस भएका छन्।

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिले डिआइजी थापालाई बढुवा गर्ने सिफारिस गरेको हो।

मन्त्रिपरिषद् बैठकले एक जना एआइजीको दरबन्दी थप गरेपछि थापा बढुवा सिफारिसमा परेका हुन्।

हाल नेपाल प्रहरीमा प्राविधिक बाहेक चार एआइजी छन्। आगामी वैशाख महिनामा आइजिपी शैलेश थापा क्षेत्रीले अवकाश पाएपछि आइजीको प्रतिस्पर्धामा थापा पनि रहनेछन्।

pressnote.jpg