आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

भन्सार छलि ल्याउँदै गरेको कम्प्युटरको पार्टसहरु बरामद 

सोमबार, असार १४ २०७८

पर्सा । वीरगंज महानगरपालिका–१६ नगवास्थित सडकबाट भन्सार छलि ल्याउँदै गरेको करिब १७ लाख रुपैयाँ बराबरको ४९ पीस सिपियू र ७८ थान हार्ड डिक्स सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । 
जिल्ला प्रहरी कार्यालय पर्साबाट डियुटीमा खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले भन्सार छलि ल्याउँदै गरेको उक्त पार्टसहरु छोडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो । 
बरामद सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।