आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा पक्राउ

बिहिबार, असार १० २०७८

सिन्धुली । सुनकोशी गाउँपालिका–१ दुम्जास्थित बिपि राजमार्गस्थित प्रहरी चेकपोष्टमा चेकजाँचको लागि खटिएको प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा गौरबाट काभ्रे बनेपातर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ००६६ नम्बरको बसका चालक धादिङ सिद्धलेख गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीम बहादुर सिलवाल र सहचालक पर्सा परवानिपुर गाउँपालिका–१ बस्ने ४२ वर्षीय जमिल अख्तर मनसुरी रहेका छन् । 
अनुमति बिना बस चलाएको पाइएपछि सह–चालक जमिलले बस छाडिदिनु पर्यो– भनि उक्त नगद दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उक्त बसमा सबार २९ जना ब्यक्तिहरुलाई गन्तब्यसम्म पुर्यापउन आवस्यक व्यबस्था गरी पठाईएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।