आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

बिहिबार, असार १० २०७८

कञ्चनपुर । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका–१० नयाँगाउँ भागेश्वरी टोल बस्ने ४० वर्षीय चक्र सार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 
सार्कीले ती महिलालाई गोठालो गएको बेला चधरा नदी नजिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।