बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हत्या गरी फरार अभियुक्त पक्राउ

बिहिबार, असार १० २०७८

म्याग्दी । बेनी नगरपालिका–५ बस्ने ५५ वर्षीय भक्त बहादुर कार्कीको हत्या गरी शव म्याग्दी खोलामा फालेर बेपत्ता बनाई फरार रहेका सोही ठाउँ बगुवाखोला बस्ने ३१ वर्षीय संजय बानीयाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
असार ६ गते विहानदेखि हराई सम्पर्क विहीन भएका भक्त बहादुरको खोजी गर्नेक्रममा उनलाई संजयले कुटपिट गरी हत्या गरेपश्चात म्याग्दी खोलामा फाली बेपत्ता बनाएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 
उनी उपर जिल्ला अदालत म्याग्दीबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।