आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अभियोगमा ६ जना पक्राउ 

बुधबार, असार ९ २०७८

कास्की । पोखरा महानगरपालिका–२५ हेम्जास्थित सेती नदी सहस्त्र घाटमा अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अभियोगमा पोखरा महानगरपालिका–१ सिम्पानी बस्ने ३९ वर्षीय सानुभाई मगर लगायत ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
उक्त नदीमा उत्खनन गरिरहेको भन्ने सूचना प्राप्तस हुनासाथ अस्थाई प्रहरी पोष्ट हेम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई ढुङ्गा, गिट्टी र बालुवा भरिएको ६ वटा टिपर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।