आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एक थान भरुवा बन्दुक बरामद

बुधबार, असार ९ २०७८

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ बस्ने पारस न्यौपानेको घर पछाडिबाट १ थान भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । 
एसुब राना मगर समेतको हातहतियार तथा खरखजना मुद्दामा फरार रहेका पारसको घर पछाडि भरुवा बन्दुक लुकाई राखिएको भन्ने अनुसन्धानको क्रममा खुल्न आएपश्चात ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
हाल फरार रहेका पारसको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।