आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

श्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ 

बुधबार, असार ९ २०७८

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ बिगी पुलस्थित जनकपुर मटिहानी सडकखण्डबाट असार ८ गते सशस्त्र प्रहरीले ३९ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षिय संजय कुमार साह छन् । अन टेस्ट लेखेको स्कुटरमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला पारेको हो । त्यसवेला निजको उक्त रपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । 
बरामद रुपैयाँ तथा स्कुटरसहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईको छ ।