काठमाडौं । रामजी पौडेलको शब्द लयमा गायिका तुलसी क्षेत्री र कमल कालिकोटेको मनको माया सार्वजनिक भएको छ । जिसी इन्टरटेन्मेन्ट नेपालको युट्यूब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीतमा गायिका तुलसी क्षेत्रीकै अभिनय रहेको छ भने उनलाई जयरामप्रताप केसीले साथ दिएकाछन् ।
पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको म्यूजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन् भने गणेश सापकोटाको छायंकन र सुबास अँगाईको सम्पादन गीतमा देख्न सकिन्छ । पछिल्लो समयकी चर्चित युवा गायीका तुलसी क्षेत्रीका यसअघिका पनि थुप्रै गीतहरु चर्चामा छन् । पोखरामा रहेर संगीत क्षेत्रलाई अगाडी बढाएकी उनको अब छटै इन्द्र जिसी र पार्वती जिसीसंगको सहकार्यको गीत बजारमा आउँदै छ ।
यस मनको माया दिउँला भनेको गीतलाई हेरेर सल्लाह सुझाब दिन गायिका तुलसी क्षेत्रीले सबैलाई आग्रह गरेकीछन् ।
भिडियो लिंक
