बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   

सोमबार, असार ७ २०७८

काठमाडौं । भक्तपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे, धुलिखेल नगरपालिका–८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ती किशोरी हराएको भनी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी प्राप्त हुनासाथ ती किशोरीको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले काठमाडौं सुन्धारामा फेला पारेको थियो । थप अनुसन्धानका क्रममा जयरामले ती किशोरीलाई ललाई फकाई घुम्न जाउ भनी भक्तपुर नगरपालिका–४ सूर्यविनायकस्थित गेष्ट हाउसमा खाजा नास्ता खाने बाहानामा डर धम्की दिई जबरजस्ती करणी गरेको खुलेपश्चात चौलागाईलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसार भक्तपुरले जनाएको छ । 
तनहुँ, ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्याँस नगरपालिका–९ झिनुवाटार बस्ने ५५ वर्षीय प्रेम बहादुर थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कलेस्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।