सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

चोरीपैठारीको सामान बरामद  

आइतबार, असार ६ २०७८

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट असार ६ गते सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा ईलेक्ट्रोनिक सामान बरामद गरेको छ । 
भारतबाट अवैध रुपले दुई वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान तथा साईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।