सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित पक्राउ

आइतबार, असार ६ २०७८

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर पुल नजिकबाट २८ ग्राम अवैध लागूऔषध अफिमको चोप सहित भारत घर हुने २० वर्षीय आसिप खानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले भारततर्फ गईरहेका उनलाई जाँच गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।