सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

आइतबार, असार ६ २०७८

सिन्धुली ।  गोलन्जोर गाउँपालिका–७ खुर्कोट बजारस्थित चेकपोष्टमा ड्युटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा महोत्तरी, बर्दिबास नगरपालिका–१० बस्ने २० वर्षीय अभिषेक परियारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
ईटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ४३०९ नम्बरको हाईस गाडीलाई प्रहरीले काठमाडौं जाने अनुमतिपत्र माग्दा गाडीका सहचालक परियारले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।