कास्की । पोखरा महानगरपालिका–५ पर्श्याङ धारापानी मार्ग डेरा गरी बस्ने धादिङ घर भएका ३० वर्षीय जित बहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङ लगायत ९ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटीएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २३ हजार १ सय ६५ रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।