बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हुुण्डाई नेपालले बिद्युुतीय सवारीको पुर्वाधार बिकास र सेवा बिस्तारमा काम गर्ने 

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौं । हुन्डाई गाडीको नेपाल को लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले इलेक्ट्रिक भिएकल विद्युतीय गाडीको क्षेत्रमा ठूलो कदम चालिरहेको छ । नेपालमा, हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोना र आईनिक नामक दुई मोडलहरु रहेकाछन । बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाई नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए र यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन् । अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको छ र आफ्नो ईभी गाडीहरुको विक्री बढ्नेमा विश्वस्त छ ।

विश्वभरी मात्र नभई नेपालमा पनि ग्राहकहरु वातावरणबारे सचेत भएका छन् र उनीहरु वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहन्छन् । इलेक्ट्रिक सवारी प्रयोग गरी वातारण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो । सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो यद्यपि, हालै आ.व. २०७८–७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतिय गाडीहरुको शुल्क पनि घटेको छ ।