सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

आइतबार, जेष्ठ ३० २०७८

ललितपुर । चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका–१ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।