सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ 

शुक्रबार, जेष्ठ २८ २०७८

गुल्मी । चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा चन्द्रकोट गाउँपालिका बस्ने पीडितकै ४५ वर्षीय हजुरबुवालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
घरमा कोही नभएको अवस्थामा उनले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।