बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कटुवा पेस्तोल तथा लागूऔषध सहित पक्राउ  

शुक्रबार, जेष्ठ २८ २०७८

मोरङ । सुनवर्षी नगरपालिका–८ बिश्वकर्मा टोल बस्ने ६० वर्षीय अब्बास मियालाई  १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली, १ सय मिलिलिटरको अवैध लागूऔषध स्काफ २ बोतल, नाइट्राभेट ६ सय ट्याब्लेट र १ थान चक्कु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
मियाको घरमा हातहतियार राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।