सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

बिहिबार, जेष्ठ २७ २०७८

काठमाडौं । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थि सीमा ईलाकाबाट जेठ २७ गते सशस्त्र प्रहरी करीव ३ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । 
भारतबाट अवैध रुपले ना ४९ प ३१२७ नम्बरको मोटरसाईकलमा नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ । 
बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख रुपैयाँ रहेको छ । 
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले जेठ २७ गते करीव २ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र मोटर पार्ट्स सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ शंकरचोकस्थित सीमा ईलाकबाट बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालय भिट्टामोडमा बुझाईएको छ ।