सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

बुधबार, जेष्ठ २६ २०७८

काठमाडौं ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सडकबाट करिब १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजबिराज नगरपालिका–७ बस्ने २४ वर्षीय कृष्ण कुमार साह र सोही नगरपालिका–१६ बस्ने २५ वर्षीय पंकज यादव रहेका छन् । स.१० प ५१०२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको भोक्रहा नर्सिङ गाउँपालिका–८ सिसुवा धरमपुरस्थित मकै बारीबाट करिब १ सय २ केजी अवैध लागूऔषध गाँजा मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त मकै बारीमा लागूऔषध गाँजा फेला परेको भन्ने सशस्त्र प्रहरी बलको टोलीले खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।