बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

महामारीका कारण आयातमा कमि आएपनि चुलियो ब्यापार घाटा , १० महिनामा ११ खर्ब घाटा

सोमबार, जेष्ठ २४ २०७८

काठमाडौं । महामारीपछि खुलेको बजारका कारण बिस्तारै उकालो लागेको आयात फेरी महाारीको दोस्रो लहरसँगै खुम्चीन पुगेको छ । निषेधाज्ञाका कारण उपभोगमा कमि आएसँगै यसले सगम्र आयातमा पनि कमि ल्याएको छ  ।

मुलुकको वैदेशिक व्यापारमा आयात चुलिँदै गइरहेको मासिक आयात फेरी घट्न थालेको भन्सार विभागले जनाएको छ । भन्सार विभागको बैशाखसम्मको तथ्यांकले आयात घट्न थालेको संकेत दिएको हो ।

बैशाख महिनामा मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेसँगै अत्यावश्यकबाहेक अन्य सामग्रीको बजार ठप्प भएपछि माग घटेको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

 भन्सार विभागको तथ्यांकअनुसार चैतसम्ममा आयात क्रमशः बढ्दै गएको र व्यापारघाटा चुलिँदै गएको देखिन्थ्यो । फागुनमा एक खर्ब ४० अर्ब रुपैयाँ वस्तु आयात भएको थियो । तर चैतमा यस्तो आयात एक खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । तर, बैशाखमा आयात घटेर एक खर्ब ४२ अर्बमा सीमित भयो ।

आयातमा कमि आएको भएपनि ब्यापार घाटा भने गत वर्षको तुलनामा २३ प्रतिशतले बढेको देखिन्छ। भन्सार विभागको आकडा अनुसार गत वर्षको बैशाखसम्म ९ खर्ब रहेको यस्तो घाटा अहिले ११ खर्ब १४ अर्ब पुगेको छ।

आयातमा कमि आएपनि निर्यात बृद्धि गर्न सकिएको छैन । सरकारले उत्पादन बृद्धि गर्ने भन्ने कुरा बजेटमा ल्याएपनि खासमा त्यो प्रभावकारी हुन सकेको छैन ।

युवा जनशक्ति खाडीमा छ । र त्यहाँबाट आएको रेमिट्यान्सले यहाँ उपभोग बढाएको छ । श्रम गर्ने शक्ति  बिदेशमा रहेका कारण जग्गा बाझोमा परिणत भएका छन् ।

नेपालमै उत्पादन गर्न सकिने चना, केराउजस्ता गेडागुडी बाहिरबाटै आयात भएका छन् । मासु र तरकारी र फलफुलमा पनि बिदेशकै भर पर्नु परेको छ ।

 आयात र निर्यातमा आएको गिरावटले वैदेशिक व्यापारमा नै संकुचन आएको छ । बैशाखमा मासिक वैदेशिक व्यापारमा झन्डै २५ अर्बले घटेको छ । 

चैतमा एक खर्ब ८१ अर्ब ३९ करोड रुपैयाँ वैदेशिक व्यापार पुगेको थियो । बैशाखमा वैदेशिक व्यापार घटेर एक खर्ब ५६ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ ।

आयात मात्र होइन, निर्यातमा पनि केही कमी आएको छ । चैतमा निर्यात बढेर १३ अर्ब ९८ करोड ८२ लाख रुपैयाँसम्म पुगेको थियो । बैशाखमा निर्यात घटेर १३ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ ।