बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी 

सोमबार, जेष्ठ १७ २०७८

काठमाडौं महानगरपालिका–२९ मैतीदेबीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली ऋण तथा सहकारी संस्थाबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ । 
साथै सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको छ । झ्यालको भ्यान्टिलेटरबाट प्रवेश गरी अपरिचित ब्यक्तिहरुले दुवै सहकारी संस्थाबाट उक्त धनमाल चोरी गरेको बताइएको  छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।