काठमाडौं । गायक दिपु कान्छो र गायिका विशाखा शाहीको आवाजमा रहेको देउडा पप गीत बरको छायाँले गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडी विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपु कान्छोको शब्द संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । अमृत उपाध्यायको छायाँकन, कृष्ण बावुको सम्पादन तथा प्रविण सिंहको निर्देशनमा भिडियो तयार गरिएको छ । बरको छायाँले गीतको भिडियोमा कृष्ण बावु र विमला साउदको अभिनय रहेको छ ।
भिडियो लिंक
“https://www.youtube.com/embed/jwrhTUPfnd0“

