सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित पक्राउ

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौं ।  झापा, मेचीनगर नगरपालिका–६ बद्री टोलबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय सुमन दनुवार र दमक नगरपालिका–५ बस्ने २१ वर्षीया समिता राई रहेका छन् । उक्त टोलमा अवैध लागूऔषध बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई उक्त पदार्थ बिक्री गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 
कञ्चनपुर, भिमदत्त नगरपालिका–६ ऐठपुर बस्ने २० वर्षीय राकेश औजीलाई करिब ९.४२ ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिषेश सूचनाको आधारमा प्रदेश अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त खैरो हेरोइन सहित फेला पारी पक्राउ गरेको हो ।