सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एक थान अवैध एकनाले भरुवा बन्दुक सहित पक्राउ

शुक्रबार, जेष्ठ ७ २०७८

डोटी । के आई सिंह गाउँपालिका–१ ध्याडी बस्ने ५३ वर्षीय शंकर रावतलाई १ थान अवैध एकनाले भरुवा बन्दुक सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
शंकरको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी वायलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।