सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

तास खेलिरहेको अवस्थामा सात जना पक्राउ   

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौं । चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित चन्द्रागिरी पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही पार्टी प्यालेसका सञ्चालक सोही ठाउँ बस्ने ५४ वर्षीय राजु श्रेष्ठ लगायत सात जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
उक्त पार्टी प्यालेसमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।